
पुस १५, काठमाडौँ / एमालेले मंगलबार आयोजना गरेको विचार गोष्ठीमा प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा धारणा राख्दै नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनसम्बन्धी मुद्दाको छिटो फैसला गर्न सर्वोच्च अदालतसँग आग्रह गरेका छन् ।
ओलीले समयमा न्याय नदिनु वा विलम्ब गरी न्याय दिनु भनेको न्याय नदिनु सरह हो भन्ने कुरालाई मनन गरेर अदालतले सो मुद्दाको फैसला तत्काल गर्न आवश्यक रहेको जिकिर समेत गरे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अप्ठेरोमा भएका बेला अदालतले समयमै फैसला दिनु पर्ने बताएका छन् ।
उनले अदालतले संसद् पुनर्स्थापनाको फैसला गर्नुबाहेक अर्को बाटो नरहेको पनि दोहोर्याए । अध्यक्ष ओलीले एमाले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको मागमा स्पष्ट र दृढ रहेको अडान राखे ।