२०८३ भाद्र २५, बिहिबार

उद्योगमन्त्रीको शपथ

नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

उद्योगमन्त्रीको शपथ
नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

काठमाडौं । नवनियुक्त उद्योगमन्त्रीको शपथ आज साँझ साढे ५ बजे हुने भएको छ।

उद्योगमन्त्री पदका लागि सुनसरी–४ का सांसद दीपक कुमार साह सिफारिस भएसँगै उनको शपथ ग्रहणको तयारी गरिएको हो। शपथ ग्रहण कार्यक्रम आज साँझ साढे ५ बजे हुने जनाइएको छ।

साहलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिने निर्णयसँगै उनको नियुक्तिको औपचारिक प्रक्रिया अघि बढेको हो। शपथपछि उनले उद्योग मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्।

नयाँ उद्योगमन्त्रीका रूपमा साहले उद्योग क्षेत्रको विकास, लगानी प्रवर्द्धन तथा औद्योगिक वातावरण सुधारमा प्राथमिकता दिने अपेक्षा गरिएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस