
भाद्र २६ प्रधानमन्त्री बालेनले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरेका छन्। देशको आर्थिक अवस्था, उद्योग–व्यवसाय क्षेत्रका समस्या तथा आगामी दिनमा निजी क्षेत्रको भूमिकाका विषयमा छलफल केन्द्रित रहेको जनाइएको छ।
छलफलमा उद्योगी तथा व्यवसायीहरूले वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण, व्यवसाय सञ्चालनमा देखिएका समस्या तथा सरकारबाट अपेक्षा गरेका नीतिगत सुधारका विषयमा आफ्ना धारणा राखेका थिए।
प्रधानमन्त्री बालेनले निजी क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आधार रहेको उल्लेख गर्दै उद्योग तथा व्यवसाय क्षेत्रका समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताएका छन्। लगानीमैत्री वातावरण निर्माण र आर्थिक गतिविधिलाई चलायमान बनाउन आवश्यक पहल गरिने विषयमा समेत छलफल भएको बताइएको छ।
छलफलमा उद्योग–व्यवसायको प्रवर्द्धन, रोजगारी सिर्जना, उत्पादन वृद्धि तथा लगानी विस्तारका विषयमा पनि विचारविमर्श गरिएको थियो।
सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै देशको अर्थतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्