
पुस १७,काठमाडौं / नेपालीहरुले १३ औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । १३ वर्षदेखि जनवरी १ तारिखका दिन ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ नेपाली युवाहरुले राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको छ।
नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो। दिवसका अवसरमा धेरैले राष्ट्रिय पोसाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन्।
यस अवसरमा आज राजधानीका विभिन्न स्थानमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। यही सन्दर्भमा काठमाडौंको वसन्तपुर क्षेत्रमा राष्ट्रिय पोसाक र ढाका टोपीसहित युवायुवती भेला भएर राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाएका छन्।