२०८२ पौष १८, शुक्रबार

आममाफी

कतार सरकारले दियो जेलमा रहेका १३ नेपालीलाई आममाफी

कतारले जेलमा रहेका १३ जना नेपालीलाई आममाफी दिएको छ ।
कतार सरकारले दियो जेलमा रहेका १३ नेपालीलाई आममाफी

पुस १८, काठमाडौं / कतारले जेलमा रहेका १३ जना नेपालीलाई आममाफी दिएको छ । कतारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा विभिन्न जेलमा रहेका १३ जना नेपालीलाई आममाफी दिएको हो ।परराष्ट्रले एक विज्ञप्ति जारी गर्दै आफ्नो राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको खुशीयालीको अवसरमा १३ जना नेपाली कैदीहरूलाई आममाफी दिएको जनाएको हो ।

आममाफीको लागि नेपाल सरकारले कतार सरकारप्रति आभार प्रकट गरेको छ । यसले नेपाल र कतारबीचको विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र सौहार्दताको अभिव्यक्तिको रूपमा रहेको बताउँदै मानवीय आधारमा दिइएको दयालु क्षमादानको उच्च कदर गरिएको जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस