
माघ २१, गुल्मी / गुल्मीमा एक पुरुष मृत फेला परेका छन् । इस्मा गाउँपालिका–२ रातचौरका ४७ वर्षीय निमबहादुर कुमाल मृत फेला परेका हुन् । मंगलबार सदरमुकाम तम्घास जाने भनेर घरबाट हिडेका कुमाल बेपत्ता भएका हुन् । त्यसपछि घरपरिवार र आफन्तले खोजी कार्य गरेका थिए । खोजीकार्यको क्रममा बुधबार दिउँसो स्थानीय छल्दीपनाह खोलाको कुलोमा मृत फेला परेका हुन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वत कुमार केसीको नेतृत्वमा सात जनाको प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिएका हुन् ।