२०८३ कार्तिक १४, शुक्रबार

बदरीनाथ हेलिकप्टर दुर्घटना

बदरीनाथबाट देहरादुन आउँदै गरेको हेलिकप्टर दुर्घटनामा, ६ यात्रु सवार रहेको प्रारम्भिक विवरण

बदरीनाथबाट देहरादुन आउँदै गरेको हेलिकप्टर दुर्घटनामा, ६ यात्रु सवार
बदरीनाथबाट देहरादुन आउँदै गरेको हेलिकप्टर दुर्घटनामा, ६ यात्रु सवार रहेको प्रारम्भिक विवरण

काठमाडौँ । भारतको उत्तराखण्डस्थित प्रसिद्ध तीर्थस्थल बदरीनाथ धामबाट देहरादुनतर्फ आउँदै गरेको एक हेलिकप्टर शुक्रबार दुर्घटनामा परेको छ। दुर्घटनापछि हेलिकप्टरमा सवार यात्रु तथा चालक दलका सदस्यको अवस्थाबारे अहिलेसम्म स्पष्ट विवरण सार्वजनिक भएको छैन।
प्रारम्भिक जानकारीअनुसार हेलिकप्टर बदरीनाथ धामबाट देहरादुनको सहस्रधाराका लागि उडेको थियो। हेलिकप्टरमा चालक दलका सदस्यसहित ६ जना यात्रु सवार रहेको बताइएको छ।
चमोली जिल्ला हुँदै देहरादुनतर्फ आउँदै गरेको हेलिकप्टर दुर्घटनामा परेपछि पाइलटसँग सम्पर्क विच्छेद भएको जनाइएको छ। घटनालगत्तै उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरण र प्रहरीको टोली खोजी तथा उद्धार कार्यमा परिचालन गरिएको छ।
खोजी टोलीले रेडियो तथा अन्य सञ्चार माध्यमबाट पाइलटसँग सम्पर्क गर्ने प्रयास गरिरहेको भए पनि हालसम्म सम्पर्क स्थापित हुन सकेको छैन।
उक्त क्षेत्रमा प्रतिकूल मौसम र कम दृश्यताका कारण खोजी कार्यमा कठिनाइ भइरहेको प्रशासनले जनाएको छ। मौसम खराब रहे पनि हेलिकप्टरको सम्भावित अवस्थिति पत्ता लगाउन ड्रोनको प्रयोग गरी खोजी कार्यलाई तीव्र पारिएको छ।
हेलिकप्टर दुर्घटनाको वास्तविक कारण तथा त्यसमा सवार यात्रु र चालक दलका सदस्यको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस