
८ मंसिर, काठमाडौं । सेयर बजार परिसूचक नेप्से मंगलबार १५.३९ अंकले बढेको छ । उक्त वृद्धिसँगै नेप्से परिसूचक २ हजार ६३८ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से २.२६ अंकले बढेको थियो ।
आज बजार परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । सोमबार ३ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ५ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।
आज १६५ कम्पनीको सेयर मूल्य बढ्दा १११ कम्पनीको घटेको छ । त्यस्तै, ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।
बजार वृद्धिमा बैंकिङ समूहले महत्त्वपूर्ण योगदान पुर्याएको छ । बजार पूँजीकरणका आधारमा सबैभन्दा ठूलो समूह बैंकिङ आज १.२४ प्रतिशत बढेको छ । कारोबारी तथा लगानीकर्ता बैंकिङ समूहमा आकर्षित हुँदा समग्र बजार सूचकमा समेत उल्लेख्य सुधार देखिएको हो ।
आज विकास बैंक समूह १.०४ प्रतिशत, फाइनान्स ०.०३ प्रतिशत, होटल तथा पर्यटन ०.९४ प्रतिशत, जलविद्युत् ०.४६ प्रतिशत, लगानी ०.३० प्रतिशत, जीवन बीमा ०.१४ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.६१ प्रतिशत, निर्जीवन बीमा ०.२६ प्रतिशत र व्यापार समूह ०.९७ प्रतिशत बढेका छन् ।
माइक्रोफाइनान्स समूह ०.१८ प्रतिशत र अन्य समूह ०.३९ प्रतिशत घटेका छन् ।
आज एभरेस्ट कलरको सेयर मूल्य सबैभन्दा धेरै ५.०५ प्रतिशत बढेको छ । त्यस्तै, माउन्टेन हाइड्रो नेपाल ३.४२ प्रतिशत, सिटी होटल ३.०९ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्त ३.०१ प्रतिशत, हिमालयन डिस्टिलरी २.७९ प्रतिशत र स्वेत गंगा हाइड्रो २.७८ प्रतिशत बढेका छन् ।
यता, मानुषी लघुवित्तको मूल्य ८ प्रतिशत घटेको छ । मेन्छियाम हाइड्रोपावर ७.२७ प्रतिशत, ओम मेगाश्री फर्मास्युटिकल्स ३.६७ प्रतिशत, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स ३.५१ प्रतिशत र मुक्तिनाथ कृषि कम्पनी ३.१७ प्रतिशत घटेका छन् ।
कारोबार रकमका आधारमा आज सोल्टी होटल, ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन डिस्टिलरी, रिलायन्स स्पिनिङ मिल्स, पिपुल्स हाइड्रोपावर, एनआईसी एसिया बैंक, कुमारी बैंक र एनएमबी बैंक अगाडि रहेका छन् ।