२०८३ मंसिर १०, बुधबार

बुधबार सुन प्रतितोला २ लाख ४१ हजार ४०० र चाँदी ३ हजार ४० रुपैयाँमा कारोबार

सुनको मूल्य एकैदिन ६ हजार ५०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

सुनको मूल्य एकैदिन ६ हजार ५०० रुपैयाँले घट्यो
सुनको मूल्य एकैदिन ६ हजार ५०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेको हो ।

मंगलबार प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन बुधबार घटेर २ लाख ४१ हजार ४०० रुपैयाँमा झरेको छ ।

बुधबार सुनको मूल्य १० ग्रामको २ लाख ६ हजार ९६० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला ३ हजार १४५ रुपैयाँ रहेको चाँदी बुधबार घटेर ३ हजार ४० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य १० ग्रामको २ हजार ६०६ रुपैयाँ तोकिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस