२०८२ चैत्र ५, बिहिबार

कैलाली

कैलालीमा नालाको पानीमा डुबेर एक बालकको मृत्यु

कैलालीमा नालाको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
कैलालीमा नालाको पानीमा डुबेर एक बालकको मृत्यु

माघ २७, कैलाली / कैलाली भजनी नगरपालिका–७ चर्रामा नालामा जमेको पानीमा खसेर १८ महिने बालकको मृत्यु भएको छ । स्थानीय बिपत राम कठरियाका छोरा अमन कठरिया सोमबार साँझ घर आँगनमा खेलिरहेको बेला नजिकैको नालामा जमेको पानीमा खसेको थियो । नालामा खसेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र भजनी लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस