२०८२ अषाढ १७, मंगलबार

काठमाडौं मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको ककनी– १ की ३६ वर्षीया सुनिता बलामी छिन् ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ १९, आईतबार
काठमाडौं मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु

१८ जेठ, काठमाडौं / काठमाडौंको चन्द्रागिरि नगरपालिका ४ पानीघाटमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको ककनी– १ की ३६ वर्षीया सुनिता बलामी छिन् ।

मकवानपुरको चित्लाङबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०२–०१ प ८०६८ नम्बरको मोटरसाइकल शनिबार बेलुका पौने ८ बजे दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी बलामीको एपीएफ अस्पताल बलम्बुमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मोटरसाइकलको पछाडि चढेकी थिइन् ।

मोटरसाइकल चालक नुवाकोटको ककनी– १ कै मानबहादुर बलामी घाइते छन् । उनको एपीएफ अस्पताल बलम्बुमा उपचार भइरहेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस