२०८२ श्रावण १५, बुधबार

छाउगोठमा सुतेकी युवतीको सर्पले डसेर मृत्यु

कञ्चनपुुरमा छाउगोठमा सुतेका बेला सर्पले डसेर एक महिलाको मृत्यु भएको छ ।
छाउगोठमा सुतेकी युवतीको सर्पले डसेर मृत्यु

२९ असार धनगढी  / कञ्चनपुुरमा छाउगोठमा सुतेका बेला सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीया कमला आउजी छिन् । कृष्णपुुर नगरपालिका–१ को निगालीमा छाउ गोठमा सुतेका बेला उनलाई सर्पले डसेको थियो । स्वास्थ्यअवस्था गम्भीर भएपछि सेती प्रादेशिक अस्पताल पुर्‍याइएकोमा कमलाको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

डीएसपी बोहराका अनुसार सुतिरहेकी कमलालाई सर्पले बाँया गालामा डसेको थियो । शनिबार साँझ ८ बजे उनको मृत्यु भएको डीएसपी बोहराले बताए । उनलाई छाउगोठमा सुतेका बेला सर्पले डसेको विषयमा भने आधिकारिक जानकारी नभएको बोहराले बताए ।

कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझाले भने कमलालाई छाउ गोठमा सुतेका बेला सर्पले डसेको पाइएको जानकारी दिए । नगर प्रमुख ओझाले नगरपालिकाले छाउ गोठ भत्काउने तथा छाउपडी कुप्रथाविरुद्ध अभियान चलाउने गरिरहे पनि महिनावारी भएका बेला छाउगोठमा सुत्ने परम्पराको अन्त्य नभएको बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस