२०८२ मंसिर ९, सोमबार

महेश बस्नेत सवार गाडीमा युवाले छ्यापे रातो मसी

महेश बस्नेत सवार गाडीमा युवाले छ्यापे रातो मसी

७ मंसिर, काठमाडौं / मोरङको विराटनगरमा महेश बस्नेत सवार गाडीमा युवाले रातो मसी छ्यापेका छन् । प्रहरी भ्यान पछिपछि गुडिरहेको महेश बस्नेत सवार कारमा युवाहरु सडक किनारबाट दगुर्दै गएर रातो मसी फ्याँकेका हुन् ।

महेश बस्नेत युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाने क्रममा एयरपोर्ट लाइनको सडकमा रातो मसी फ्याँकिएको हो ।
लगत्तै बस्नेत सवार गाडी रोकिएको थियो । प्रहरीले दुई जना युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा विराटनगर–२ का १९ वर्षीय अरजित कुँवर र विराटनगर–१ का २५ वर्षीय संजोग गौतम रहेको प्रहरीले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस