२०८२ पौष ९, बुधबार

विरोध प्रदर्शन

प्रशासनले ‘जेनजी’लाई विरोध प्रदर्शन गर्न दिएन अनुमति

जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘जेनजी’ समूहलाई विरोध प्रदर्शनका निम्ति अनुमति नदिने भएको छ ।
प्रशासनले ‘जेनजी’लाई विरोध प्रदर्शन गर्न दिएन अनुमति

पुस ७,काठमाडौं /  जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘जेनजी’ समूहलाई विरोध प्रदर्शनका निम्ति अनुमति नदिने भएको छ । आन्दोलनको घोषणा गर्दै अनुमतिका निम्ति प्रशासनमा पुगेको टोलीलाई अनुमति नदिइएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलले सोमबार पुस ७ गते  जेनजीका फरक–फरक समूहले आन्दोलन गर्न पाउनुपर्ने भन्दै अनुमतिका निम्ति पत्र बुझाएको बताए ।

आइतबार पुस ६गते आन्दोलनको घोषणा गरेका जेनजी समूहले अनुमति नै नलिई सडकमा उत्रने उद्घोष गरेका थिए । सोमबार उनीहरू आन्दोलन गर्न अनुमति माग्दै प्रशासन कार्यालय पुगेका हुन् ।

गरी खान देऊ अभियानका जेनजी अगुवा हरिश भट्टले छलफल भइरहेको बताए । “हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ । प्रशासनले अनुमति नदिए पनि हामी माइतीघर जान्छौँ । आज सीमित संख्यामा उपस्थिति हुने र क्रमशः बढाउँदै जानेछौँ,” उनले भने ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस