२०८२ चैत्र ५, बिहिबार

दुर्गा प्रसाईं

बिना सर्त दुर्गा प्रसाईंलाई रिहा गर्न आजपाको माग

आम जनता पार्टी (आजपा)ले दुर्गा प्रसाईलाई बिना सर्त रिहा गर्न माग गरेका छन् ।
बिना सर्त दुर्गा प्रसाईंलाई रिहा गर्न आजपाको माग

फागुन ५, काठमाडौं/आम जनता पार्टी (आजपा)ले सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ परेका दुर्गा प्रसाईलाई बिना सर्त रिहा गर्न माग गरेका छन्। आजपाका प्रवक्ता चन्द्रभुषण साहले विज्ञप्ति निकालेर प्रसाईलाई रातिको समयमा गरिएको गिरफ्तारीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘सरकारले आफ्ना आलोचक र फरक धारलाई निरुत्साहित एवं निस्तेज गर्ने गलत मनसुबाका साथ पटक पटक गिरफ्तारी गर्ने र छोड्ने केटाकेटी खेल खेल्नु सरकारको मर्यादा एवं परिपक्वताको बर्खिलाप मात्र नभई विधिको शासन र लोकतन्त्रमाथिको पनि प्रहार हो’, आजपाको विज्ञप्तिमा उल्लेख छ ।‘ प्रतिशोधपूर्ण गिरफ्तारीलाई तुरुन्त निश्प्रभावी बनाई बिना सर्त रिहा गर्न सरकारसँग माग गर्दछौं ।’

AJP demands unconditional release of Durga Prasai

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस