२०८२ कार्तिक १२, मंगलबार

हिमपातको जोखिमले कार्तिक १४ गतेसम्म अन्नपूर्ण बेसक्याम्प जान रोक

हिमपातको जोखिमले कार्तिक १४ गतेसम्म अन्नपूर्ण बेसक्याम्प जान रोक

११ कार्तिक म्याग्दी / जाडोयाम सुरु भएसँगै हिमपातको जोखिम बढेकाले म्याग्दी जिल्ला प्रशासन कार्यालयले पर्यटकीय क्षेत्रहरूमा सतर्कता अपनाउन सूचना जारी गरेको छ । जल तथा मौसम विज्ञान विभागको बुलेटिनअनुसार देशका विभिन्न भू–भागमा कार्तिक १० देखि १२ गतेसम्म सामान्यदेखि हल्का वर्षा र हिमपात हुने सम्भावना छ ।

म्याग्दी जिल्लाभर आजदेखि पानी परिरहेको र अन्नपूर्ण बेसक्याम्प (एबिसी) मा हल्का हिमपात सुरु भइसकेको जानकारी जिल्ला प्रशासन कार्यालयले दिएको छ ।

जिल्लाका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावित क्षेत्र भएकाले प्रशासनले स्थानीय बासिन्दा, पर्यटक, पर्यटन व्यवसायी र पदयात्रीहरूलाई आफू रहेको र यात्रा गर्ने क्षेत्रको मौसमी अवस्था र बसोबासको व्यवस्था ख्याल गरेर सुरक्षित रहन अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले आज बेलुकादेखि कार्तिक १४ गते बेलुकासम्म अन्नपूर्ण बेसक्याम्प (एबीसी) जान पूर्ण रूपमा रोक लगाइएको जानकारी दिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस