२०८२ अषाढ १७, मंगलबार

नेपाली नेताहरूसँग भेट्न अर्का भाजपा नेता नेपालमा

करिब तीन साता पनि नबित्दै तीनजना भाजपा नेताहरूले नेपालको भ्रमण गरेका छन् ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ ५, आईतबार
नेपाली नेताहरूसँग भेट्न अर्का भाजपा नेता नेपालमा

४ जेठ काठमाडौँ / करिब तीन साता पनि नबित्दै तीनजना भाजपा नेताहरूले नेपालको भ्रमण गरेका छन् । भारतको सत्तारुढ भारतीय जनता पार्टीका नेता विजय जोलीले उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग आइतबार भेट गरेका छन् ।

मन्त्री सिंहलाई भेट्न जोली आइतबार सिंहनिवास चाक्सीबारी पुगेका थिए । भाजपाका पूर्वविदेश विभाग प्रमुख जोलीसँग नेपाल भारत सम्बन्ध थप सुदृढ गर्ने विषयमा सकारात्मक छलफल भएको मन्त्री सिंहको सचिवालयले बताएको छ ।

जोलीभन्दा अघि वैशाख १७ गते भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपालमा आएका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसहित अधिकांश शीर्ष दलका नेताहरुसँग भेट गरेका थिए । त्यसपछि भाजपाकै अर्का नेता भगतसिंह कोश्यारी नेपाल भ्रमणमा आएर नेताहरूसँग भेट गरेका थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस