२०८२ अषाढ १७, मंगलबार

चिडियाखानाभित्रबाट रेडपान्डा चोरी प्रयास

चिडियाखानाभित्र राखिएको रेडपान्डा चोरी गर्ने प्रयास भएको खुलेको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ १, बुधबार
चिडियाखानाभित्रबाट रेडपान्डा चोरी प्रयास

३१ वैशाख काठमाडौं / सदर चिडियाखानाभित्र राखिएको रेडपान्डा चोरी गर्ने प्रयास भएको खुलेको छ । ललितपुरस्थित सदर चिडियाखानाबाट मंगलबार बेलुकी रेडपान्डा चोरी गर्ने प्रयास भएको हो ।

चिडियाखानाले आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएको छ । प्रहरीका अनुसार सीसीटीभी फुटेजमा चोरी गर्न खोजिएको देखिएको हो ।

चिडियाखानाकै एक घरभित्र राखिएको रेडपान्डा चोरी गर्न दुईजना युवा घरभित्र पस्न खोजेको देखिएको ललितपुर प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

 

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस