२०८२ भाद्र ३०, सोमबार

महान्यायाधिवक्ता बडालले दिए पदबाट राजीनामा

महान्यायाधिवक्ता बडालले दिए पदबाट राजीनामा

२९ भदौ काठमाडौँ / निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ता नियुक्त गरेका बडालले भदौ २४ गते नै पदबाट राजीनामा दिएको महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सहमहान्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीले रातोपाटीलाई जानकारी दिए ।

उनका अनुसार बडालले राजीनामा दिएको जानकारी आइतबार राष्ट्रपति कार्यालयले महान्यायाधिवक्ताको कार्यालयमा पठाएको छ । ‘उहाँ (महान्यायाधिवक्ता)ले भदौ २४ गते पदबाट राजीनामा दिनुभएको हो,’ पुडासैनीले भने, ‘राष्ट्रपति कार्यालयबाट उहाँले राजीनामा दिएको जानकारी आज आएको जानकारी दिए ।’

बडाललाई ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ साउन २ गते महान्यायाधिवक्तामा नियुक्त गरेका थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस