२०८२ कार्तिक २८, बिहिबार

बागमती प्रदेशका प्रमुख सचिव भूपाल बरालको सरुवा

बागमती प्रदेशका प्रमुख सचिव भूपाल बरालको सरुवा भएको छ ।
बागमती प्रदेशका प्रमुख सचिव भूपाल बरालको सरुवा

२७ कार्तिक हेटौँडा /  बागमती प्रदेशका प्रमुख सचिव भूपाल बरालको सरुवा भएको छ । अर्थ प्रशासनमा लामो अनुभव भएका बराललाई सचिवमा बढुवा भएपछि २०८२ जेठ १९ मा बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको थियो ।

जिम्मेवारी पाएको ५ महिनामै उनलाई बागमती प्रदेशको प्रमुख सचिवबाट अर्थ मन्त्रालयमा सरुवा गरिएको हो । बराल दुई वर्षपछि पुनः अर्थ मन्त्रालयमा फर्किएका हुन् ।

सोमबार कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले बराललाई अर्थ मन्त्रालयको राजस्व सचिवमा सरुवा गर्ने निर्णय गरेको हो । उनले शुक्रबारबाट आफ्नो नयाँ जिम्मेवारी सम्हाल्नेछन् ।

बराल यसअघि उनी अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख थिए । बरालले यसअघि अर्थ मन्त्रालयमा बजेट महाशाखा, राजस्व प्रशासन महाशाखा प्रमुख तथा आन्तरिक राजस्व विभागको महानिर्देशक जस्ता महत्त्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस