२०८२ फागुन ३०, शनिबार

बालेन शाह

बालेन शाहले झापाका सुकुम्वासी बस्तीबाट थाले दोस्रो चरणको घरदैलो अभियान

बालेन्द्र शाहले झापाका सुकुम्वासी बस्तीबाट दोस्रो चरणको घरदैलो अभियान थालेका छन् ।
बालेन शाहले झापाका सुकुम्वासी बस्तीबाट थाले दोस्रो चरणको घरदैलो अभियान

माघ २०, काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले झापाका सुकुम्वासी बस्तीबाट दोस्रो चरणको घरदैलो अभियान थालेका छन् । मंगलबार बिहानदेखि उनले आफ्नो निर्वाचन क्षेत्र झापा–५ अन्तर्गतको कमल गाउँपालिकास्थित सुकुम्वासी बस्तीबाट घरदैलो सुरु गरेका हुन् ।

त्यसक्रममा स्थानीयले काठमाडौंका सुकुम्वासी बस्तीजस्तै झापामा पनि डोजर चलाउने हो कि भन्दै बालेनसामु प्रश्न गरेका थिए । स्थानीयको प्रश्नमा जवाफ दिँदै बालेनले काठमाडौंमा डोजर मानिसलाई दुःख दिन नभएर खोलाछेउको जोखिममा बसेकालाई सुरक्षित स्थानमा राख्न प्रयोग गरिएको बताए । झापामा धेरै सुकुम्वासी ४० देखि ५० वर्षअघिदेखि बसोबास गर्दै आएको पनि बालेनले बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस