
फागुन ६,काठमाडौं/अरनिको राजमार्गस्थति बनेपामा टिपरको ठक्करबाट एकजनाको मृत्यु हुदाँ स्थानीय आन्दोलित भएका छन् । स्थानीयले टिपरमा आगजनी गरेका छन् । मृतकका परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयले प्रदर्शन गरिरहेका छन् । बनेपाको अवस्था तनाबग्रस्त बनेको छ । प्रदर्शनका कारण सवारी आवगमन अवरुद्ध भएको छ । प्रदर्शन नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
बनेपाको दूरसञ्चार नजिकै भएको दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको र अर्का एक जना भने घाइते भएका छन् । बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२(०६३ प ९१८९ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिएको थियो ।