२९ असार काठमडौँ / गोरखाको बारपाक स्वास्थ्य चौकी पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भएको छ । पोषणमैत्री स्वास्थ्यका १६ वटा सूचक मध्ये १५ वटा सूचक पूरा गरेकोले पोषण तथा खाद्य निर्देशक समितिले बारपाक स्वास्थ्यचौकी लाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरेको हो ।
बारपाक सुलिकोट गाउँपालिकाका ७ वटा स्वास्थ्यचौकी मध्ये पोषणमैत्री स्वास्थ्य संस्था घोषणा हुने बारपाक स्वास्थ्यचौकी पहिलो हो । घरमा सुत्केरी हुने संख्या शुन्य, गर्भवती जाँच शतप्रतिशत, कुपोषणको अवस्था ५ प्रतिशत भन्दा कम, जन्मदेखि ५ वर्षका बालबालिकाका लागि पूरा गर्नु पर्ने सम्पूर्ण सेवाहरु ९० प्रति भन्दा माथी रहेको लगायतका आधारमा घोषणा गरिएको पोषण निर्देशन समितिका सदस्य सचिव समेत रहेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले जानकारी दिनुभयो । वि.सं.२०८७ भित्र बारपाक सुलिकोट गाउँपालिका लाई नै पोषणमैत्री घोषणा गर्ने लक्ष्य राखेको छ ।