२०८२ चैत्र ५, बिहिबार

बङ्गलादेश

बङ्गलादेशमा बीएनपी सांसदले ड्युटी फ्री गाडी र आवासीय सुविधा नलिने

बङ्गलादेशमा बीएनपी सांसदले ड्युटी फ्री गाडी र आवासीय सुविधा नलिने निर्णय गरेको छ ।
बङ्गलादेशमा बीएनपी सांसदले ड्युटी फ्री गाडी र आवासीय सुविधा नलिने

फागुन ५, ढाका/बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले आफ्ना कुनै पनि सांसदले ड्युटी फ्री सुविधा अन्तर्गत गाडी वा सरकारले उपलब्ध गराउने आवासीय जग्गा नलिने निर्णय गरेको छ । नयाँ संसद् गठनपछि बसेको संसदीय दलको पहिलो बैठकले यो निर्णय गरेको हो । पार्टीका वरिष्ठ नेताहरूका अनुसार यो कदम राजनीतिक इमानदारिता कायम राख्ने र जनप्रतिनिधिहरूलाई सार्वजनिक पदसँग जोडिएका व्यक्तिगत सुविधाबाट टाढा राख्ने उद्देश्यले लिइएको हो ।यस निर्णयमार्फत जनतामाझ जिम्मेवार र पारदर्शी राजनीति गर्ने सन्देश दिन खोजेको बीएनपीले बताइएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस