२०८२ चैत्र ५, बिहिबार

धनुषा

धनुषाको सडक छेउमा एक युवतीको शव भेटियो

धनुषाको सडक छेउमा एक युवतीको शव फेला परेको छ ।
धनुषाको सडक छेउमा एक युवतीको शव भेटियो

माघ २३, जनकपुरधाम / धनुषाको सडक छेउमा एक युवतीको शव फेला परेको छ । धनुषाको औरही गाउँपालिका १ पौडेसरको सडक छेउमा अन्दाजी २५ वर्षीया महिलाको शव फेला परेको हो । महिलाको टाउकोमा घाउ देखिएकाले हत्या गरेर फालेको हुनसक्ने देखिएको धनुषाका प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरले बताए । आज बिहान शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना हिजो रातिकै हुन सक्ने प्रहरीको आशंका छ ।घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस