२०८२ चैत्र ५, बिहिबार

बालकको शव

रामेछाप बस दुर्घटनाको एक सातापछि भेटियो बालकको शव

रामेछापमा बस दुर्घटना भएको एक सातापछि सुनकोशी नदी किनारामा बालकको शव फेला परेको छ।
रामेछाप बस दुर्घटनाको एक सातापछि भेटियो बालकको शव

फागुन ४, काठमाडौं/ रामेछापमा प्र.३–०१–००५ ख ९९७५ नम्बरको बस दुर्घटना भएको एक सातापछि सुनकोशी नदी किनारामा बालकको शव फेला परेको छ। सोमबार बिहान साढे ७ बजे गोलन्जोर गाउँपालिका–७ तल्लो बजार नजिकै सुनकोशी नदी किनारामा प्र.३–०१–००५ ख ९९७५ नम्बरको बस दुर्घटनाको ९ वर्षीय बालक कृचन तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ। मन्थली–२ पिप्लेका उनको ठूलोबुबा युवराज तामाङले शव सनाखत गरेका हुन्। शव पहिचान भएसँगै मुचुल्का अघि बढाएको छ। योसँगै रामेछाप बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस