२०८२ कार्तिक १२, मंगलबार

सडकबाट ४२ फिट मुनि खस्यो कार, श्रीमान्‌को मृत्यु, श्रीमती र छोरा घाइते

सडकबाट ४२ फिट मुनि खस्यो कार, श्रीमान्‌को मृत्यु, श्रीमती र छोरा घाइते

११ कात्तिक, काभ्रेपलाञ्चोक / बीपी राजमार्ग सडक खण्डको सिन्धुलीको सुनकोशी गाउककपालिका–६ चैनपुरमा कार पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार मंगलबार बिहान आफैं अनियन्त्रित भई सडकदेखि अन्दाजी ४२ फिट तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मोरङको विराटनगर उपमहानगरपालिका–१७ का ६५ वर्षिया ओमबहादुर अर्जेलको मृत्यु भएको सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।

कार ओमबहादुरले चलाएका थिए । कारमा सवार उनकी श्रीमती ४९ वर्षीया सुनिता अर्जेल र ३१ वर्षीय छोरा निशान्त सवार थिए । उनीहरू दुवै जना घाइते भएका छन् ।

प्रहरीका अनुसार सुनिताको अवस्था गम्भिर छ भने निशान्तको अवस्था मध्यम रहेको छ । घाइतेहरूको खाल्टे स्थित आत्मिय सामुदायिक अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस