२०८२ कार्तिक २८, बिहिबार

नेकपा एमालेको शक्ति प्रर्दशन स्थानीय देखि सुरु २७ गते काठमाडौ केन्द्रित बिशाल गर्ने योजना

नेकपा एमालेको शक्ति प्रर्दशन स्थानीय देखि सुरु २७ गते काठमाडौ केन्द्रित बिशाल गर्ने योजना

२५ कार्तिक काठमाडौँ  / नेकपा एमालेले आज देश भर स्थानीय तहको नगरपालिका र गाउँपालिकामा कात्तिक २५ गते जनसभा गर्ने घोषणा गरे बमोजिम नेकपा एमाले धुनिवेशिले पनि जनसभा कार्यक्रम सम्पन्न गरेको छ । धुनिवेशि नगरपालिका वडा नं ८ खानिखोला बजार परिक्रमा गरी नेकपा एमाले धुनिवेशि कार्यालयको प्रङ्गणमा सभा गरी कार्यक्रम सम्पन्न भएको हो ।

drishtinepal

धादिङ जिल्लाको १३ वटा स्थानीय तहमा नै नेकपा एमालेले सभा कार्यक्रम सम्पन्न गरेको छ । जेनजी आन्दोलनका नाममा आगजनी तोडफोड लगायत अपराधिक गतिविधि गर्नेहरु विरुद्ध नेकपा एमाले ले ससक्त रुपमा प्रतिवाद गर्ने गरी तयारी गरेको छ । नेकपा एमालेले स्थानीय तह देखि सुरु गरेको सभा र्‍याली कार्यक्रमलाई महाधिवेशन सम्म पुराउने भएको छ । नेकपा एमालेको मंसिर २७,२८ र २९ गते काठमाडौमा हुने महाधिवेशनको उद्घाटन सत्रमा नेकपा एमालेको शक्ति प्रर्दशनको रुपमा गर्ने भएको छ ।

drishtinepal

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस