५ जेठ काठमाडौं / नेकपा (माओवादी केन्द्र)का सांसद छिरिङ डम्डुल लामा भोटेले हुम्लाको तिलगाउँमा हिमताल फुटेर तहसनहस भएको क्षेत्रका बासिन्दालाई उचित राहत दिन माग गरेका छन् ।
आज प्रतिनिधिसभा बैठकमा उनले १८ घर परिवारका ३२ जना नजिकैको बारीमा त्रिपाल लगाएर बसेको बताए । उनकानुसार, २१ महिला, ९ पुरुष र दुई बालक त्रिपालमा छन् ।
उनले उक्त स्थानको निरीक्षण र संरक्षणमा पनि ध्यान दिन आग्रह गरे । हुम्लाको तिल्चुङ खोलामा बिहीबार राति एक्कासि बाढी आएको थियो ।