
फागुन ७, काठमाडौँ/आज काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिले प्रजातन्त्र दिवसका अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ । देशभर विविध कार्यक्रमका साथ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ । शहीदहरू दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसाहाँसी जीवन उत्सर्ग गरेपछि जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ ।
प्रजातन्त्र स्थापना भएसँगै नेपाली नागरिकले सङ्घीय लोकतान्त्रिक र गणतान्त्रिक व्यवस्थामार्फत आफ्ना अधिकारको कार्य गर्दै आएका छन् । संवैधानिक रूपमा प्रजातान्त्रिक मूल्य र व्यवहारलाई संस्थागत गर्ने बलियो आधार २००७ सालको जनक्रान्तिले तयार पारेको मानिन्छ ।
