२०८२ आश्विन ३०, बिहिबार

जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भए देउवा

जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भए देउवा

२८ असोज, काठमाडौं / गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक भएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा जाने क्रममा देउवा सार्वजनिक भएका हुन् । बुढानीलकण्ठस्थित आन्दोलनकारीको कुटपिटमा परेका देउवा आजभन्दा अघि सार्वजनिक रुपमा देखिएका थिएनन् ।

नेपाली सेनाले बुढानीलकण्ठबाट उनीसहित पत्नी आरजु राणा देउवालाई उद्धार गरेर लगेको थियो । पटकपटक नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूलाई उद्धार गर्न खोजिए पनि असम्भव भएको थियो ।पछि सेनाले स्थलमार्गबार्ट उनीहरूलाई अस्पताल लगेको थियो । सुरक्षाको कारण देखाउँदै देउवाको उपचार कहाँ गरिएको भन्ने खुलाइएको थिएन ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस