२०८२ आश्विन ३०, बिहिबार

डिस्चार्जपछि देउवा ललितपुरमा बस्ने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अस्पतालबाट डिस्चार्ज भएपछि ललितपुरमा बस्ने भएका छन् ।
डिस्चार्जपछि देउवा ललितपुरमा बस्ने

८ असोज काठमाडौँ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अस्पतालबाट डिस्चार्ज भएपछि ललितपुरमा बस्ने भएका छन् । यसअघि देउवा बूढानीलकण्ठस्थित घरमा बस्दै आएका थिए ।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूको आक्रमणबाट देउवा र उनकी पत्नी कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा घाइते भएका थिए ।
सभापति देउवाको गर्धन र गर्धनमाथिको भागमा चोट लागेको थियो । सभापति देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको थियो ।प्रदर्शनकारीहरूले भदौ २४ गते देउवा दम्पतीमाथि कुटपिट र घरमा आगजनी गरेका थिए । सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार सभापति देउवा कहिले अस्पतालबाट डिस्चार्ज हुने भन्ने आज टुंगो लाग्छ ।

‘आज डिस्चार्जबारे टुंगो लाग्छ । सम्भवत ललितपुरको जावलाखेल वा सानेपातिर बस्ने कुरा छ,’ उनले भने । सभापति देउवाको आफन्तको घर जावलाखेलमा छ । उनी केही समय त्यहाँ बस्न सक्ने बताइएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस