२०८२ कार्तिक १९, मंगलबार

धवल शम्शेरले बोलाए छुट्टै भेला

धवल शम्शेरले बोलाए छुट्टै भेला

१८ कार्तिक काठमाडौँ /  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शम्शेर राणाले भेला बोलाएका छन् । महामन्त्री राणाले आफूनिकट पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको भेला बोलाएका हुन् । महामन्त्री राणानिकट एक केन्द्रीय सदस्यले दिएको जानकारीअनुसार भेला आज मध्याह्न १२ः३० बजेदेखि सुरू हुनेछ ।

भेला बालुवाटारस्थित नेपाल हाउसमा बस्नेछ । महामन्त्री राणाले नियमित महाधिवेशन मंसिर १७ गतेभित्रै गर्नुपर्ने बताउँदै आएका छन् तर अध्यक्ष राजेन्द्र लिङ्देनले जिल्ला र प्रदेश अधिवेशन गर्न नै समय मंसिर मसान्तसम्मको दिएका छन् ।

अध्यक्ष लिङ्देनले अब बस्ने केन्द्रीय समिति बैठकमा महाधिवेशन कार्यतालिकाबारे छलफल गर्ने बताउँदै आएका छन् । अध्यक्ष लिङ्देनले केन्द्रीय कार्यसम्पादन समिति बैठक गरेर कात्तिक २७ र २८ गते केन्द्रीय समिति बैठक आह्वान पनि गरिसकेका छन् ।

गत माघमा केन्द्रीय समिति बैठक बसेपछि त्यसयता केन्द्रीय समिति बैठक नै बस्न सकेको छैन । माघको केन्द्रीय समितिमा महामन्त्री राणाले अध्यक्ष लिङ्देनको आलोचना गर्दै ६ पृष्ठको छुट्टै राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस