२०८२ चैत्र ५, बिहिबार

पक्राउ

पैदलयात्रीलाई कुट्ने कारचालक पक्राउ

पैदलयात्रीलाई मुक्का प्रहार गर्ने कारचालकलाई प्रहरीले पक्राउ गरेको छ ।
पैदलयात्रीलाई कुट्ने कारचालक पक्राउ

फागुन ५, काठमाडौं/पैदलयात्रीलाई मुक्का प्रहार गर्ने कारचालकलाई प्रहरीले पक्राउ गरेको छ । चप्पलकारखानाको सडकमा बा ३ च ११०३ नम्बरका कार चालकले एक पैदलयात्रुलाई मुक्का प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा कारचालक पारस बम रहेको खुलेपछि उनी पक्राउ परेका हुन् । प्रहरी स्रोतका अनुसार उनलाई उपत्यका ट्राफिक कार्यालयलको टोलीले पक्राउ गरेको र यसबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस