
माघ २३, काठमाडौं / राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं फेरी पक्राउ परेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी प्रविण धितालका अनुसार प्रसाईंलाई प्रहरीले शुक्रबार दिउँसो काठमाडौंको चाल्नाखेलबाट पक्राउ गरेको हो । उनीविरूद्ध साइबर ब्युरोमा उजुरी परेपछि पक्रउ गरेको बताए । ‘उहाँविरूद्ध साइबर ब्युरोमा उजुरी परेपछि पक्राउ गरेको हो,’ एसएसपी धितालले भने।