२०८२ श्रावण २६, आईतबार

शिक्षा समिति बैठक : शिक्षक बढुवा तीन प्रकारले गर्ने प्रस्ताव पारित

शिक्षा समिति बैठक : शिक्षक बढुवा तीन प्रकारले गर्ने प्रस्ताव पारित

२१ साउन, काठमाडौं / प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शिक्षकको बढुवा तीन प्रकारबाट गर्ने प्रस्ताव पारित भएको छ ।
समितिको आजको बैठकले विद्यायलय शिक्षा विधेयकमा शिक्षकको बढुवा तीन प्रकारबाट गर्ने प्रस्ताव पारित गरेको हो ।

आन्तरिक प्रतियोगिता र आवधिक बढुवाको सट्टा आन्तरिक प्रतियोगिता, जेष्ठता र कार्यसम्पादन मूल्याङ्कन र कार्यक्षमता मूल्याङ्कनको आधारमा शिक्षक बढुवा गर्ने प्रस्ताव बैठकबाट पारित भएको हो । परामर्श उपसमितिमा भएको सहमतिको आधारमा प्रस्तुत उक्त प्रस्ताव समितिको बैठकमा छलफल भएको हो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस