
माघ २१,बैतडी / एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ । बैतडी दशरथचन्द नगरपालिका ४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो । निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर घरतर्फ गइरहेका बेला खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपककुमार रायले बताएका छन् ।