२०८२ आश्विन ३०, बिहिबार

कुवेतमा विशाक्त मदिरा सेवनका कारण ११ नेपालीको मृत्यु, ४० जना बिरामी

कुवेतमा विषादीयुक्त मदिरा सेवनका कारण ११ जना नेपालीको मृत्यु भएको छ ।
कुवेतमा विशाक्त मदिरा सेवनका कारण ११ नेपालीको मृत्यु, ४० जना बिरामी

१ भदौ काठमाडौँ / कुवेतमा विषादीयुक्त मदिरा सेवनका कारण ११ जना नेपालीको मृत्यु भएको छ । कुवेतस्थित नेपाली दूतावासका श्रमसहचारी गिरीप्रसाद आचार्यका अनुसार यो संख्या शनिबारसम्मको हो ।

विशाक्त मदिरा सेवनका कारण ४० जना नेपाली बिरामी परेर अस्पताल भर्ना भएको जानकारी प्राप्त भएको उनले बताए । बिरामीमध्ये केही गम्भीर अवस्थामा र कतिपय सामान्य अवस्थामा उपचाररत छन् ।

कुवेतमा मदिरा सेवन अवैध मानिन्छ । नेपालीहरूले विशाक्त मदिरा सेवन कसरी गरे भन्नेबारे समान्य अवस्था भएकाहरूसँग सोधपुछ गरेर बुझ्दा साथीभाइबाट मदिरा प्राप्त गरेको बताएको श्रम सहचारी आचार्यले जानकारी दिए ।

‘दुःखद् घटना भएको छ । हामीले यसबारे सोधपुछ गर्दा साथीभाई सर्कलबाट मदिरा प्राप्त गरेको बताउनु भएको छ । दूतावासले यसबारेमा सचेतना पनि गराइरहेको छ,’ उनले भने ।

कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार मिथानोल मिसाएको मादक पदार्थ सेवनका कारण १६० जना आप्रवासी बिरामी भएका थिए । उनीहरूमध्ये २० जनाभन्दा धेरै आप्रवासीहरूको मृत्यु भएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस