२ साउन, काठमाडौं / शिक्षक महासंघले विद्यालय शिक्षा ऐन २० दिनभित्र जारी गर्न सरकारलाई अल्टिमेटम दिएको छ । महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर २१ साउनभित्र ऐन जारी गर्न समय दिएको हो ।
महासंघले संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयक छिटो पारित गरी २१ साउन २०८२ अघि प्रतिनिधिसभामा पेस गर्न आग्रह गरेको छ ।