२०८२ मंसिर १७, मंगलबार

आगलागी

मार्तडी बजारमा आगलागी

विद्युत् सर्ट भएर पसलमा आगलागी
मार्तडी बजारमा आगलागी

मंसिर १६,काठमाडौं /  बाजुरा सदरमुकाम मार्तडी बजारको एक पसलमा आज दिउँसो करिब १२ः२० बजेतिर आगलागी भएको थियो । बडीमालिका नगरपालिका–८ का प्रकाश थापाको पसलमा विद्युत् सर्ट भएर पसलमा आगो लागेको थियो।

सो पसलमा आगलागी हुँदा करोडौंको क्षति भएको छ भने फर्निचर,उद्योग र ग्यारेजमासमेत क्षति पुगेको छ । पसलमा काठको काम भइरहेको बेला तार सट भएर एक्कासि आगलागी भएको थियो ।

जिल्ला प्रहरी कार्यालय मार्तडीका सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार दिउँसो करिब १२ः२० बजेतिर आगलागी सुरु भएको थियो र सो पसलमा विद्युत्को तार ‘सट’ हुँदा आगलागी भएको जानकारी दिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस