२०८२ श्रावण २७, सोमबार

कालीकोटमा फोर्स गाडी दुर्घटना, पाँचजना घाइते

जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको फोर्स गाडी दुर्घटनामा परेको छ ।
कालीकोटमा फोर्स गाडी दुर्घटना, पाँचजना घाइते

२३ साउन सुर्खेत / जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको फोर्स गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा पाँचजना घाइते भएका छन् । उनीहरूमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

कर्णाली राजमार्गअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका–१० स्थित गोलुवामा शुक्रबार बिहान गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक गाविन्दप्रसाद चौधरीले जानकारी दिए ।

उनका अनुसार, कर्णाली प्रदेश ०९७६ नम्बरको फोर्स गाडी अनियन्त्रित भएर करिब १०० मिटर तल खसेको छ । घाइतेहरूको कालीकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस