२०८२ भाद्र १६, सोमबार

दोधाराचाँदनीमा डुबान, शारदा ब्यारेजमा गाडी बन्द

लगातारको वर्षाका कारण कञ्चनपुरका विभिन्न क्षेत्र डुबानमा परेका छन् ।
दोधाराचाँदनीमा डुबान, शारदा ब्यारेजमा गाडी बन्द

१६ भदौ, धनगढी /  लगातारको वर्षाका कारण कञ्चनपुरका विभिन्न क्षेत्र डुबानमा परेका छन् । जोगबुढा नदीको पानी बस्तिमा पस्दा दोधाराचाँदनी नगरपालिका– ८ को रामपुरे टापुस्थित जर्गाटोलका २५ घर डुबानमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराकाअनुसार घर डुबानमा परेपछि ७० जनालाई जनज्योति माध्यमिक विद्यालयमा लगेर राखिएको छ ।

वडा नम्बर ११ मा पनि पाँच वटा घरमा पानी पसेको छ । अहिले प्रहरी चौकी बाबाथान र इलाका प्रहरी कार्यालय दोधाराचाँदनीको टोली त्यहाँ पुगेर उद्धारको काम गरिरहेका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस