२०८२ अषाढ १७, मंगलबार

युवतीको बलात्कारपछि हत्या आरोपमा भूपू सैनिक पक्राउ

युवतीको बलात्कारपछि हत्या आरोपमा एकजना भारतीय भूपू सैनिक पक्राउ परेका छन् ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ १, बुधबार
युवतीको बलात्कारपछि हत्या आरोपमा भूपू सैनिक पक्राउ

३१ वैशाख काठमाडौं / काठमाडौंको बागबजारमा एक युवतीको बलात्कारपछि हत्या आरोपमा एकजना भारतीय भूपू सैनिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामचन्द्र पन्त रहेको प्रहरीले जनाएको छ ।

गत चैतमा बागबजारको एक गेष्ट हाउसमा एक युवती मृत फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ ।

चैत ११ गते मृत फेला परेकी युवतीको पोष्टमार्टमपछि बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार युवतीसँगै कोठामा रहेका पन्त फरार थिए । उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस