
९ कात्तिक, काठमाडौं / सरकारमा थपिने चार जना मन्त्रीहरुको नाम टुंगो लागेको छ । उनीहरुको आजै शपथ ग्रहणको तयारी छ । नयाँ बन्ने मन्त्रीहरुमा डा. सुधा शर्मा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन् । गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
उनीहरु चारै जनाको नामावली प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेको स्रोतले बतायो । ‘चार जना मन्त्रीको नाम सिफारिस भइसकेको छ । आजै शपथ ग्रहण हुन्छ,’ स्रोतले भन्यो । राष्ट्रपति कार्यालयले भने शपथ ग्रहणको समय केहीबेरमा सार्वजनिक गर्ने जनाएको छ ।