१२ जेठ, काठमाडौं / नेकपा माओवादी केन्द्रमा फर्किएका नेता गंगानारायण श्रेष्ठले केन्द्रीय सचिव पद पाएका छन् ।
९ असोज २०७२ मा माओवादीबाट अलग हुँदै गर्दा उनी पोलिटब्यूरो सदस्य थिए ।
पार्टी समायोजनसम्बन्धी ५ बुँदे सम्झौता पत्रमा उनलाई माओवादीको केन्द्रीय सचिवको जिम्मेवारी दिने र अरुलाई सम्मानजनक जिम्मेवारी दिइने उल्लेख गरिएको छ ।