२०८२ चैत्र ५, बिहिबार

रौतहट

रौतहटमा रास्वपा उम्मेदवारको गाडीको ठक्करले बालिकाको मृत्यु

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा बालिकाको मृत्यु भएको छ ।
रौतहटमा रास्वपा उम्मेदवारको गाडीको ठक्करले बालिकाको मृत्यु

माघ २२, रौतहट / रास्वपा उम्मेदवारको स्टिकर टाँसिएको गाडीले ठक्कर दिँदा जिल्लाको इशनाथ नगरपालिकामा ४ वर्षीय बालिकाको मृत्यु भएको छ । रास्वपाका क्षेत्र नम्बर–२ उम्मेदवार सेख सागिरको बा १५ च ४२४४ नम्बरको गाडीले ठक्कर दिँदा सोही नगरपालिका निवासी सागिर मोहम्मदकी छोरी अल्फा खातुनको मृत्यु भएको हो ।

बाटोमा खेलिरहेको बेला उक्त गाडीले बालिकालाई ठक्कर दिएको र उपचारको क्रममा उनको मृत्यु भएको हो । प्रहरीका अनुसार उक्त गाडीमा रास्वपाको उम्मेदवारको स्टिकर टाँसिएको थियो । तर गाडीमा उम्मेदवार भने सवार थिएनन् । ठक्कर दिने गाडी प्रहरीले नियन्त्रणमा लिएको र चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस