२०८२ कार्तिक १२, मंगलबार

सुनको मूल्य २ हजार ९ सयले घट्यो

नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँ घटेको छ ।
सुनको मूल्य २ हजार ९ सयले घट्यो

११ कार्तिक काठमाडौँ / नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २ लाख ३९ हजार ९०० रुपैयाँ कायम भएको सुनको मूल्य मंगलबार घटेर तोलामा २ लाख ३७ हजार रुपैयाँ कायम भएको हो ।

मंगलबार सुन १० ग्रामको २ लाख ३ हजार १९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसैबिच मंगलबार चाँदीको मूल्य समेत घटेको छ । सोमबार तोलामा २ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा २ हजार ९२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस