२१ असोज काठमाडौं / नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेर दुई लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
असोज ८ गते दुई २३ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसयता सुनले लगातार नयाँनयाँ रेकर्ड बनाउँदै आएको छ । त्यसयता सुनको मूल्य १२ हजार ४०० रुपैयाँ बढेको महासंघले जनाएको छ ।
सोमबार सुन दुई लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य थियो । तर, आज यो रेडर्क तोडिएको हो । आज चाँदीको मूल्य स्थिर छ । आज चाँदी प्रतितोला दुई हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।