२०८२ कार्तिक ११, सोमबार

सोमबार सुनको मूल्य थप घट्यो, कतिमा हुँदैछ कारोबार ?

सोमबार सुनको मूल्य थप घट्यो, कतिमा हुँदैछ कारोबार ?

१० कार्तिक काठमाडौँ / सोमबार सुनको मूल्य थप घटेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य २ हजार रुपैयाँ घटेको हो । जसअनुसार सोमबार सुनको मूल्य तोलामा २ लाख ३९ हजार ९०० रुपैयाँ कायम भएको छ । आइतबार भने तोलामा २ लाख ४१ हजार ९०० रुपैयाँ कायम भएको थियो ।

तिहार बिदाअघि सुन प्रतितोला दुई लाख ५३ हजार ५०० रुपैयाँ कायम थियो । आइतबार बजार खुल्दा भने भने सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घटेको थियो । जुन मूल्य सोमबार थप घटेर कारोबार भएको हो ।

यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर २ हजार ९८० रुपैयाँ कायम भएको हो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस