२०८२ बैशाख ६, शनिबार
नेपाल सुनचाँदी व्यवसायी महासंघ

नेपाली बजारमा सुनको मुल्य सामान्य घट्यो

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ
नेपाली बजारमा सुनको मुल्य सामान्य घट्यो

५ वैशाख काठमाडौँ  /नेपाली बजारमा शुक्रबार छापावाल सुनको मूल्य सामान्य घटेको छ । बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला आठ सय रूपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुन प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँ पुगेको थियो । बिहीबारको उक्त मूल्य हालसम्मकै उच्च हो । यसैगरी, शुक्रबार चाँदीको मूल्य भने स्थिर छ ।

बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस